![]() |
- अम्बिका बसौला,
गाउँशहर, लमजुंग
|
आफन्तको शिर ढालेर, सक्दिन म आउन
पिरती रोज्दा मैले बा आमा गुमाऊ कि कतै
भो बैमानी पाइला चलेर, सक्दिन म आउन
चोखो माया भए हातै मागी लानुस हजुर
मन नै भरि पीडा पारेर,सक्दिन म आउन
घरकालाई मनाई पन्चे बाजा लिइ आउनु
नत्र दुनियाको मुख टालेर, सक्दिन म आउन
अग्नि साँक्षि राखी लानुस घुम्टो ओढाएर
हर चुनौती काँध हालेर, सक्दिन म आउन

0 comments:
Post a Comment