Home » » गजल २

गजल २

Unknown | 2:50 AM | 0 comments
–  अम्बिका बसौला,  गाउँशहर, लमजुङ
आफ्नै घरमा चेली किन सुरक्षित हुँदैन
को भन्छ बाबुवाट छोरी, बलात्कृत हुँदैन

म माथि अन्याय भो भन्दै, घरिघरि चेलीबेटी
पुलिसमा यस्ता घटना किन पारित हुँदैन

दोषी खुलेआम हिँड्दा सम्बन्धित निकाय भन्छ
यति प्रमाणले उ कहिल्यै दोषी, सावित हुँदैन

यस्तै केसमा नाबालिका कति मरे गाउँमा
अझै दोषीलाई लुकाउदा को पीडित हुँदैन

अपराधीलाई जेल सजाए गरिन्छ, छोडिन्छ
यहाँ फाँसीको कानुन किन घोषित हुँदैन
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Ambika Basaula's Blog - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger