गजल

Unknown | 2:08 AM | 0 comments

गजल
यि गोरेटो पाइला मै, चालुला नि हुन्न् र ?
विझउने काडाहरु मै, फालुला नि हुन्न् ?

तिमो्र त्यो प्यारो घर, स्वर्ग झै वनाउनलाई
भत्किएका भित्ता नि मै, टालुला नि हुन्न् र ?

तिम्लाई अनि परिवारलाई ,खुसी दिन मैले
घन घोटी वन्चरोमा मै, ढालुला नि हुन्न् र ?

गाँउकी चेली म, शहरीया भाकी छैन अझै
तिमो्र जन्म दिने आमालाई मै ,पालुला नि हुन्न् र ?

यो जुनि भरी नै म, तिमै दासी वनेर सधै
तिमो्र दुख काद माथी मै ,हालुला नि हुन्न् र ?

कार्यक्रम रजनी : २०७२ भाद्र १५ गते

Rijan KC | 10:08 PM | 0 comments
कार्यक्रम रजनी: रेडियो चौतारी ९१.४ मेगाहर्ज
मितिः २०७२ भाद्र १५ गते: प्रस्तोताः अम्बिका बसौला
प्राविधिकः प्रवीण गुरुङ
उत्पादन प्राविधिकः रिजन के.सी.
सल्लाह, सुझाव तथा प्रतिक्रियाका लागिः
www.facebook.com/rcrajani लगअन गर्नुहोला ..... !




सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोस् ।

डाउनलोड गर्नका लागि यहाँ राईट क्लिक गरी Save Link As मा क्लिक गर्नुहोस् ।


गजल:५

Unknown | 4:07 AM | 0 comments
अम्बिका बसौला
गाउँशहर-५ , लमजुंग 
गजल
गल्ती गर्यौ  कि जस्तो लाग्यो, गाली दिए मैले
तिम्रा जितहरुमा हौसला र, ताली दिए मैले 

समस्याहरुले सताएर आत्तिएको बेला तिमी
अबोध ती तिम्रा पाईलाहरु, चाली दिए मैले

आँशु झारी छट्पटिमा एक्लै रुदाँ तिमी
हुरी बतास चल्दै थियो, पाली दिए मैले

बदलामा मलाई असीम चोटहरु मात्रै दियौ
आँशु पिए, भोक त्यागे निद्रा, फाली दिए मैले

बैगुनीको कसमहरु झुटो भएपछि आज
आखीर हुर्किएको सम्बन्ध नै, ढाली दिए मैले

गजल : ४

Unknown | 7:53 PM | 0 comments
गजल

ताढिदैछन् आफ्नाहरु म कसरी हासु
बढ्दै छन् बेदनाहरु म कसरी हासु 

मनको डर हो कि खोइ यो समय त्यस्तै 
अनौठो देख्छु सपनाहरु म कसरी हासु 

जाहा टेक्छु त्यहि ठाउँ नै भासिए झैँ लाग्छ 
अधुरा छन् कानाहरु म कसरी हासु 

म एउटा सोच्छु तर भैदिन्छ अर्को अर्को
टुट्दैछन् भाबनाहरु म कसरि हासु

 समय नै निस्टुरी होकी  मान्छेहरुको मन
 कसैले गर्दैनन् सम्झनाहरु म कसरी हासु  
  

गज़ल: Starhang Bantawa 'jalan'

Unknown | 5:47 AM | 0 comments
Starhang Bantawa 'jalan'
गजल
नक्कलीले कर्के नजर हानेर पो मार्‍यो ।
हजारमा आज मलाई छानेर पो मार्‍यो ।।

स्वास फेर्न लौन हम्मे हम्मे भयो गाठे ।
जबर्जस्ती अंगालोमा बाधेर पो मार्‍यो ।।

तातो तातो श्वास मलाई हप हपी भयो ।
लाजै मर्ने काम उस्ले गरेर पो पार्‍यो ।।
.
बिताएका सबै अतित सझी ल्याउदा त ।
आँखाबाट अश्रु भेल झरेर पो मार्‍यो ।।

बैगुनीले स्वार्थ लुटि आज एक्लै पारी ।
हात समाई अर्कै खोला तातेर पो मार्‍यो ।।

गजल :लालु क्षेत्री "कोकिल"

Unknown | 12:25 AM | 0 comments
लालु क्षेत्री "कोकिल"
शुक्रनगर-३,चितवन
 गज़ल
बनावटी चाहना होइन यो,नरिसाउ प्रिय । 
तिम्रो जीवन मात्र मेरो,अन्त नबिसाउ प्रिय ।।  

नतमष्तक भै सधैंभरी तिमीलाई नै चाहेको छु 
ख्याल सम्झी मलाई तिमी नगिज्याउ प्रिय ।

चरित्र आफ्नो ख्याल गरी अघि बढ्नु सधैं
इज्जत लिलाम हुने गरी अरुलाई,नरिझाउ प्रिय।

चाहना मनका यति धेरै तिमीलाई मात्र पाउने 
दिल खोलेर पोख भाव,नलजाउ प्रिय। 

ईशारा र सुस्केराले तिमीसँग कुरा गर्छु 
म नै लज्जित हुने गरी नचिच्याउ प्रिय। 

मुक्तक ७

Unknown | 2:45 AM | 1comments
अम्बिका बसौला,लमजुंग
 मुक्तक
जानेरै भुल गरे पछि माफी माग्यौ
गाउँबाट बेसी झरे पछी माफी माग्यौ
यता भत्काएर मेरो दिलको घर तिम्ले
अन्तै बसाई सरे पछि माफी माग्यौ
                     


 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Ambika Basaula's Blog - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger