Home » » गज़ल: Starhang Bantawa 'jalan'

गज़ल: Starhang Bantawa 'jalan'

Unknown | 5:47 AM | 0 comments
Starhang Bantawa 'jalan'
गजल
नक्कलीले कर्के नजर हानेर पो मार्‍यो ।
हजारमा आज मलाई छानेर पो मार्‍यो ।।

स्वास फेर्न लौन हम्मे हम्मे भयो गाठे ।
जबर्जस्ती अंगालोमा बाधेर पो मार्‍यो ।।

तातो तातो श्वास मलाई हप हपी भयो ।
लाजै मर्ने काम उस्ले गरेर पो पार्‍यो ।।
.
बिताएका सबै अतित सझी ल्याउदा त ।
आँखाबाट अश्रु भेल झरेर पो मार्‍यो ।।

बैगुनीले स्वार्थ लुटि आज एक्लै पारी ।
हात समाई अर्कै खोला तातेर पो मार्‍यो ।।

Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Ambika Basaula's Blog - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger