![]() |
| अम्बिका बसौला गाउँशहर-५ , लमजुंग |
गजल
गल्ती गर्यौ कि जस्तो लाग्यो, गाली दिए मैले
तिम्रा जितहरुमा हौसला र, ताली दिए मैले ।
समस्याहरुले सताएर आत्तिएको बेला तिमी
अबोध ती तिम्रा पाईलाहरु, चाली दिए मैले।
आँशु झारी छट्पटिमा एक्लै रुदाँ तिमी
हुरी बतास चल्दै थियो, पाली दिए मैले।
बदलामा मलाई असीम चोटहरु मात्रै दियौ
आँशु पिए, भोक त्यागे निद्रा, फाली दिए मैले।
बैगुनीको कसमहरु झुटो भएपछि आज
आखीर हुर्किएको सम्बन्ध नै, ढाली दिए मैले।

0 comments:
Post a Comment