Home » » गजल: अस्मी जी.एम.

गजल: अस्मी जी.एम.

Unknown | 2:32 AM | 0 comments
गजलकार
अस्मी जी.एम.
पोखरा नेपाल
 गजल
छोडे पनि साथ उस्ले भुल्न गाह्रो भयो !
टुटेको दिल् बोकी अन्तै फुल्न गाह्रो भयो !


मुटु जल्ने ज्यानै गल्ने नसा अतितको
हृदयमा बोकी एक्लै डुल्न गाह्रो भयो !!

अनायासै भए पछी घात मायाँ माथि
आफ्नै सामु प्रष्टिएर खुल्न गाह्रो भयो !!

यौटा तेल अर्को पानी कस्तो बिडम्वना
आपसमा मिलि संगै घुल्न गाह्रो भयो !!

हावा संगै बहि छाए पनि खुसियाली
आँशु बोकी परेलीमा झुल्न गाह्रो भयो!!

समर्पण गरें उस्कै लागि जिन्दगानी
त्यसैले त दिल्मा कोहि हुल्न गाह्रो भयो !!




Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Ambika Basaula's Blog - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger